नयाँ शक्तिद्वारा इरानमाथि अमेरिकी आक्रमणको भर्त्सना
सारांश
- नयाँ शक्तिले इरानमाथि अमेरिकी हमलाको भर्त्सना गरेको छ। यसलाई विश्व शान्ति र मानवतावाद विरुद्धको कार्य भनेको छ।
- पार्टीले सैनिक हस्तक्षेपले समस्या समाधान नगर्ने र संवादबाट समाधान खोज्न आग्रह गरेको छ।
- नयाँ शक्तिले इरानी जनताप्रति ऐक्यबद्धता जनाउँदै इजरायल-इरान युद्धले विश्वयुद्ध निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेको छ।
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले हालै इरानमाथि अमेरिकी सरकारले गरेको हमलाको भर्त्सना गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै नयाँ शक्तिले अमेरिकी आक्रमणप्रति गम्भीर चासो र चिन्ता व्यक्त गर्दै भर्त्सना गरेको हो ।
यस किसिमको आक्रमण विश्व शान्ति र मानवतावादविरुद्ध भएको भन्दै सैनिक हस्तक्षेपले कुनै पनि समस्या समाधान नहुने स्पष्ट धारणा व्यक्त गरेको छ । सबै पक्षलाई अधिकतम संयम अपनाइ संवाद, कूटनीति र आपसी समझदारीबाट समस्याको हल खोज्न आग्रह गरेको छ ।
‘यस किसिमको आक्रमण विश्व शान्ति र मानवतावादविरुद्ध छ । कुनै पनि किसिमको सैनिक हस्तक्षेपले समस्या समाधान नगरी उल्टै अझ ठुलो सङ्कट र हिंसा निम्त्याउने हाम्रो स्पष्ट धारणा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी विश्वास गर्दछ कि विवाद समाधान गर्ने सर्वोत्तम माध्यम संवाद, कूटनीति र आपसी समझदारी नै हो । त्यसैले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, यस्ता उत्तेजनात्मक गतिविधिहरू तुरुन्त रोक्न र वार्ता तथा कूटनीतिक प्रयासबाट शान्तिपूर्ण समाधान सुनिश्चित गर्न हार्दिक आह्वान गर्दछौँ ।’
नयाँ शक्तिले कठिन परिस्थितिमा इरानी जनताप्रति पार्टीको ऐक्यबद्धता व्यक्त गर्दै इजरायल–इरानबिचको यस युद्धले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गहिरो प्रभाव पार्न सक्ने र समग्र मानव जातिलाई विश्वयुद्धको सङ्घारमा पुर्याउन सक्ने गम्भीर चिन्ता व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण