बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्त :  लोक सेवाले त्रिविसँग माग्यो जवाफ

सोमबार, ०९ असार २०८२, १४ : २७
सोमबार, ०९ असार २०८२

सारांश

  • लोक सेवा आयोगले फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्तिको विषयमा त्रिभुवन विश्वविद्यालयसँग जवाफ मागेको छ।
  • त्रिविले १३० जना प्रोफेसर नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ, जसमा लिखित परीक्षा बिना अन्तर्वार्ताका आधारमा नियुक्ति गर्ने तयारी छ।
  • नियुक्ति प्रक्रियाको विरोध गर्दै त्रिविका प्रोफेसरहरूले तालाबन्दी गरेका छन्।

काठमाडौँ । लोक सेवा आयोगले फास्ट ट्रयाकमार्फत प्रोफेसर नियुक्त गर्न लागिएको विषयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)सँग जवाफ माग गरेको छ। 

आयोगले त्रिवि सेवा आयोगमार्फत उक्त पदमा गर्न लागिएको नियुक्तको आधार तथा नीतिगत व्यवस्थाबारे जवाफ माग गरेको हो ।

आयोगको पत्रका आधारमा सेवा आयोगले पनि त्रिवि कार्यकारी परिषद् जवाफ माग गरेको त्रिवि स्रोतले जनाएको छ । तर, त्यसको जवाफ भने पेस गरिसकेको छैन। 

त्रिविले सेवा आयोग मार्फत १३० जना प्रोफेसरको नियुक्ति फास्ट ट्र्याकमार्फत अगाडि बढाएको छ। त्यसका लागि आयोगले विज्ञापन आह्वान गरिसकेको छ । जसमार्फत लिखित परीक्षा नलिई अन्तर्वार्ताको आधारमा १०० जना उपप्राध्यापक र ३० जना सहप्राध्यापक तथा प्राध्यापक नियुक्त गर्न लागिएको हो।

उक्त नियुक्ति प्रक्रियाको विषयमा आपत्ति जनाउँदै त्रिविका प्रोफेसरहरूले विरोध गर्दै आएका छन्। आंशिक करार प्राध्यापकहरूले गत जेठ ३० गतेदेखि उपकुलपति कार्यालय, रेक्टर तथा रजिस्ट्रार कार्यालय र त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप