इजरायल–इरान द्वन्द्व : स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण सङ्कलन
सारांश
- परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८८५ जनाले नाम टिपाएको जानकारी दिइन्।
- इजरायल र इरानबीचको युद्धका कारण सरकारले स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन गरिरहेको छ।
- मन्त्री राणाले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको बताइन्।
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको बताएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी दिएकी हुन् । सरकारले इजरायल–इरानबिच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन सुरू गरेको थियो ।
उनले इजरायल–इरानबिच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत बताइन् ।
सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाले बताइन् ।
उनले सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण