शौचालय जान्छु भनेका प्रतिवादी अदालत परिसरबाटै फरार
विराटनगर । मोरङ जिल्ला अदालत परिसरबाट चेक अनादर मुद्दामा कैद सजाय पाएका एक जना प्रतिवादी फरार भएका छन् । विराटनगर–१३ का ४० वर्षीय विजय शंकर झा फरार भएका हुन् । उनलाई अदालतले दुई वर्ष कैद सजाय तोकेको थियो । सो सजाय कार्यान्वयन गर्न प्रहरीले झालाई सुनसरीको दुहबीबाट पक्राउ गरी आइतबार विराटनगर ल्याएको थियो ।
झालाई मोरङ जिल्ला अदालतमा बुझाउने क्रममा उनले शौचालय जान्छु भनेका थिए । त्यही बहानामा प्रहरीलाई छल्दै उनी अदालत परिसरबाट फरार भएका मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।
चेक अनादारसम्बन्धी मुद्दामा अदालतबाट सजाय पाएका झा यसअघि पनि फरार रहेको र अदालतको आदेशपछि उनलाई खोजी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर अदालतमा बुझाउने क्रममा उनी पुनः फरार भएका हुन् ।
डिएसपी चुडालका अनुसार झाको खोजी कार्य तीव्र पारिएको छ भने उनको सम्भावित बसोबास स्थानमा निगरानी बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण