सप्तरीका एसपी खतिवडा तानिए
सारांश
- सप्तरीका एसपी ढकेन्द्र खतिवडालाई प्रदेश प्रहरी कार्यालय बागमतीमा काज सरुवा गरिएको छ।
- वरिष्ठ सई विश्वनाथ त्रिपाठीले गाँजा मुद्दाका फरार आरोपीलाई पक्राउ नगर्न रकम लिएको आरोपमा छानबिन भइरहेको छ।
- त्रिपाठीलाई खतिवडाले परिचालन गरेको आरोप लागेको छ, र यस सम्बन्धमा छानबिन भइरहेको छ।
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडा तानिएका छन् । उनलाई प्रदेश प्रहरी कार्यालय बागमतीमा काज सरुवा गरिएको छ ।
सप्तरीको इन्चार्जमा प्रहरी प्रधान कार्यालयमा कार्यरत गौतम केसीलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । गाँजा मुद्दाका फरार आरोपीलाई पक्राउ नगर्ने सर्तमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत वरिष्ठ सई विश्वनाथ त्रिपाठीले रकम लिएको आरोप छ । फरार आरोपी जोगानन्द मण्डल ‘बुधन’ लाई पक्राउ नगर्ने सर्तमा उनका भाइ अखिलेश मण्डलसँग त्रिपाठीले ४ लाख रुपैयाँ लिएको घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको छ ।
सञ्चारमाध्यम मार्फत बाहिरिएको भिडियोमा वरिष्ठ सई विश्वनाथ त्रिपाठीले युनिफर्ममै रकम लिएको देखिन्छ । त्रिपाठीलाई खतिवडाले परिचालन गरेको आरोपमा छानबिन भइरहेको छ ।
सप्तरी पठाइएका एसपी केसी गत असोजमा धादिङबाट तानिएका अधिकृत हुन् । छानबिन समितिले झ्याप्ले खोलामा गाडी पुरिएको घटनामा उनको कमजोरी देखिएको र प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण