खेलकुद
यू–१६ इस्ट कप : नेपाललाई ८१ रनको सामान्य लक्ष्य
मङ्गलबार, १० असार २०८२, १० : २०
सारांश
- एसीसी यू-१६ इस्ट कप क्रिकेटमा नेपालले जापानलाई जितका लागि ८१ रनको लक्ष्य दियो।
- टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभरमा ८० रन बनायो र अलआउट भयो।
- शुभम खनालले ५ विकेट लिए भने जापानका कप्तान चार्ली हराहिन्जेले ३६ रन बनाए।
काठमाडाैँ । एसीसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानविरुद्ध जितका लागि ८१ रनका सामान्य लक्ष्य प्राप्त गरेको छ ।
मलेसियाको जाफर ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८० रन बनायो ।
जापानका लागि कप्तान चार्ली हराहिन्जेले सर्वाधिक ३६ रन बनाए । गब्बि हराहिन्जे १३ रन बनाउन बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका लागि शुभम खनालले सर्वाधिक ५ विकेट लिए । त्यस्तै अभय यादवले २ विकेट लिँदा सुशील रावल र कप्तान विपिन शर्माको नाममा एक–एक विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण