छानबिन समितिप्रति राप्रपा असन्तुष्ट, संसद् बहिस्कारलाई निरन्तरता दिने
मङ्गलबार, १० असार २०८२, ११ : ४५
सारांश
- राप्रपा भिजिट भिसा प्रकरणमा सरकारको छानबिन समितिप्रति असन्तुष्ट छ।
- सोमबारको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिवको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो।
- समितिमा रहेका पात्रहरूमा असन्तुष्टि जनाउँदै राप्रपाले संसद बहिस्कारलाई निरन्तरता दिने भएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गर्ने सरकारको निर्णयमा अझै असन्तुष्ट रहेको पाइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।
तर, सो समितिमा रहेका पात्रबारे असन्तुष्टि जनाउँदै राप्रपाले संसद् बहिस्कारलाई निरन्तरता दिने भएको हो । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद् बहिस्कारलाई पार्टीले निरन्तरता दिने निर्णय गरेको बताए । आजै प्रतिनिधिसभाको बैठक बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण