शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा तीन जनाको मृत्यु

मङ्गलबार, १० असार २०८२, ११ : ४६
मङ्गलबार, १० असार २०८२

सारांश

  • इजरायलको दक्षिणी भागमा इरानको क्षेप्यास्त्र आक्रमणमा तीन जनाको मृत्यु भएको छ।
  • आक्रमणबाट भवनमा क्षति पुगेको र घाइतेहरूको लागि चिकित्सा केन्द्र स्थापना गरिएको छ।
  • अमेरिकी राष्ट्रपतिले इजरायल र इरानबीच युद्धविरामको घोषणा गरे पनि इरानले आक्रमण जारी राखेको छ।

तेल अभिभ । देशको दक्षिणी भागमा इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा तीन जनाको मृत्यु भएको इजरायलको अग्नि तथा उद्धार सेवाले बताएको छ ।

‘हामीले प्रभावित क्षेत्रबाट बाक्लो धुवाँ उडिरहेको देख्यौँ र जब हामी नजिक पुग्यौँ, हामीले त्यहाँ धेरै भवनहरूमा क्षति पुगेको पायौँ ।’ इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोमले घटनास्थलको विवरण दिँदै भन्यो । आफुहरूले एउटा भवनको गेटमा एक बेहोस मानिस सुतिरहेको देखेको अनि भवनभित्र खोजी गर्दा एक पुरुष र एक महिला बेहोस अवस्थामा फेला परेको भनिएको छ । 

घाइतेहरूको लागि एक चिकित्सा केन्द्र स्थापना गरेका र भवनहरूबाट बाहिर निस्कने मानिसहरूको जाँच गरिरहेको पनि बताइएको छ । ‘इरानबाट क्षेप्यास्त्र प्रहार भएको कारण इजरायलीहरू आश्रयको लागि दौडिरहेका छन् । पछिल्लो एक घण्टामा यो तेस्रो पटक हो कि उनीहरूले अन्यत्र शरण लिनु परेको छ ।’ इजरायली रक्षा बल (आईडीएफ)ले आफ्नो एक्स पोस्टमा भनेको छ । 

आफूहरूले इरानी क्षेप्यास्त्रलाई रोकिरहेको तर इरानको क्षेप्यास्त्र आक्रमण नरोकिएको आईडीएफको भनाई छ । अमेरिकी राष्ट्रपतिले मंगलबार इजरायल र इरानबिच युद्धविरामको घोषणा गरेका थिए । इजरायलले सैन्य कारबाही बन्द गर्छ भने, आफूहरूसँग कुनै पनि प्रकारको बदला लिने कुनै इरादा नभएको इरानकी विदेशमन्त्री सईद अब्बास अरघचीले भनेका थिए । इजरायलले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप