राजेन्द्र लिङ्देन र कोमल ओली ‘कमेडी दरबार’मा
काठमाडौँ । पछिल्लो समयको चर्चित कमेडी शो ‘कमेडी दरबार’मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओली एकसाथ अतिथिको रूपमा पुगेका छन् ।
शुक्रबार प्रसारण हुने ‘कमेडी दरबार’को मंगलबार भएको छायाङ्कनमा उनीहरु एकसाथ अतिथिका रूपमा सहभागी भएका हुन् । कार्यक्रम सेटमा लिङ्देन र ओलीलाई एकसाथ देख्दा उपस्थित दर्शकहरूले पनि निकै मनोरञ्जन लिएका थिए ।
कार्यक्रममा पछिल्लो समय राप्रपाले गर्दै आएको राजावादी आन्दोलन र कोमल ओली राप्रपाबाट एमालेमा प्रवेश गरेको विषय कार्यक्रममा व्यङ्ग्यको विषय बनेको थियो ।
पछिल्लो समयको लोकप्रिय शोमा आफू अतिथि भएर आउन पाउँदा खुसी लागेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले नेताहरूलाई रमाइलो ढङ्गबाट गरेको व्यङ्ग्यसँगै कलाकारहरूको प्रस्तुति उत्कृष्ट रहेको बताए ।
एमाले नेतृ ओलीले ‘कमेडी दरबार’ पहिलेदेखि नै हेर्दै आएको र आज आफूमाथि नै व्यङ्ग्य भएको देख्दा अझ आफूलाई रमाइलो लागेको बताइन् ।
सुटिङमा सुन्दर खनाल पूर्व राजा ज्ञानेन्द्र शाह बनेर प्रस्तुत भएका थिए भने कमेडियन खबपु चञ्चल मगर राजेन्द्र लिङ्देनको अवतारमा देखिएका थिए । कलाकार पवन खतिवडा म्याकुरी कोमल ओली बनेर देखिएका थिए ।
श्रद्धा प्रसाईँले निर्देशन गर्दै आएको सो बिक्कि अग्रवाल र सजिना खनालले सञ्चालन गर्दै आएका छन् ।आज छायाङ्कन भएको शो आगामी शुक्रबार प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युब मार्फत प्रसारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण