सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री
सारांश
- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक रहेको बताए।
- बजेटको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ।
- चालु आर्थिक वर्षको तुलनामा पुँजीगत खर्चतर्फ १७ प्रतिशत बढी बजेट विनियोजन गरिएको छ।
काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पौडेलले स्रोत र खर्च व्यवस्थापनमा यथार्थपरक भएर बजेट विनियोजन गरिएकाले यसको पूर्ण कार्यान्वयन हुने बताएका हुन् ।
उनले बजेटको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सम्भव रहेको उल्लेख गरे । त्यस्तै पौडेलले पछिल्लो समय शिथिलतामा रहेको अर्थतन्त्र क्रमशः चलायमान हुँदै गइरहेको र अर्थतन्त्रका समग्र परिसूचकमा सकारात्मक सुधार भइरहेको जिकिर गरे । उनले चालु आर्थिक वर्षको तुलनामा पुँजीगत खर्चतर्फ १७ प्रतिशत बढी विनियोजन गरिएको उल्लेख गरे ।
पौडेलले केही अपवादबाहेक कार्य विस्तृतीकरण प्रतिवेदन, आयोजना वर्गीकरण मापदण्डको आधारमा तीन करोडको सीमामा रहेर बजेट निर्माण गरिएको बताए ।
उनले निर्माण व्यवसायीको बाँकी भुक्तानीका सम्बन्धमा देखिएको समस्या आगामी आर्थिक वर्षमा नदोहरिने दाबी गरे । सुनका गहनामा लगाइएको विलासिता करले अवैध कारोबार नियन्त्रण हुने भन्दै उनले यसमा व्यवसायीलाई कुनै समस्या नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण