राष्ट्रपतिद्वारा उत्कृष्ट १४ कृषक पुरस्कृत
काठमाडौँ । देशभरका १४ जना कृषकलाई 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार'प्रदान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशबाट दुई जनालाई पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कृत हुने कृषकहरूमा कोशी प्रदेशबाट सुरेश कुमार मेहता ( आर्य कृषि फर्म)र रमेश साह (रमेश कृषि फर्म ) मधेस प्रदेशबाट भरत कुमार यादव( शम्भुनाथ माछा फर्म) र हिरा बहादुर थापा मगर ( निजगढ केरा एग्रीकल्चर ) बागमती प्रदेशबाट चेत प्रसाद ढकाल ( कालिका पशु विकास केन्द्र ) र दयाराम मचामसि ग्रीनलाईन एग्रो प्राली ) गण्डकी प्रदेशबाट छिरिङ ढोका गुरुङ ( ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म ) रहेका छन् ।
त्यस्तै बाटुली तिवारी(मित्र वाटिका कृषि फर्म) , लुम्बिनी प्रदेशबाट जयपाल मौर्य( खाधन्न वाली) र सुवास कुर्मी (शान्ती उन्नत पशुपालन तथा माछा फर्म) छन् ।
त्यस्तै कर्णाली प्रदेशबाट गोविन्द ओली ( तरकारी खेती) र भरतनाथ योगी(सुन्तला खेती) र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म ) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) छन् । पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण