सुनचाँदी व्यवसायीद्वारा आन्दोलन घोषणा, साउन १ गतेदेखि व्यवसाय अनिश्चितकालीन बन्द गरिने
सारांश
- आगामी आर्थिक वर्षको बजेटमा अव्यवहारिक कर नीति ल्याएको भन्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्।
- व्यवसायीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको विरोध गर्दै साउन १ गतेदेखि देशभरका सुनचाँदी व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन्।
- महासंघले विरोध कार्यक्रम, सचेतना कार्यक्रम, अभिमुखीकरण र सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ, जसमा असार १३ गते देशभर व्यवसाय बन्द गरिनेछ।
काठमाडौँ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएका अव्यवहारिक कर नीति विरूद्ध सुनचाँदी व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।
मंगलबार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघद्धारा संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दालेनको घोषणा गरिएको हो ।
सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजिएको भन्दै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकाललिन बन्द गर्ने चेतावनी समेत दिइएको छ ।
१. विरोध कार्यक्रम (नारा सहितको ब्यानर, कालो झण्डा, हातमा कालो पट्टी बाँध्ने कार्यक्रमको निरन्तरता दिने।) र अन्य रचनात्मक कार्यक्रम गर्ने ।
२. अव्यवहारिक कर नीति वारे व्यवसायका माग सम्वन्धमा सचेतना पम्प्लेट सदस्य तथा उपभोक्ताहरु लाई वितरण गर्ने ।
३. अव्यवहारिक करले व्यवसाय, उपभोक्तामा पार्न सक्ने प्रभावका बारे सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम तथा आन्दोलन पूर्व तयारी सदस्य सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने ।
४. जनप्रतिनिधि जवाफदेही कार्यक्रम आयोजना गर्ने ।
महासंघ द्धारा तय गरिएका आन्दोलनका कार्यक्रम
१. असार १३ गते देशभरका ब्यवसाय बन्द गर्ने जिल्ला सदरमुकाममा विरोध कार्यक्रम संचालन गर्ने । वागमति प्रदेशको हकमा काठमाडौंमा वृहत याली सहित विरोध सभा गर्ने ।
२. सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ देखि देशभरका सम्पूण सुन चाँदी ब्यवसाय अनिश्चितकाललिन बन्द गरी महासंघ द्धारा तय गरिएका आन्दोलनका कार्यक्रममा सहभागीता हुने ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण