गण्डकी प्रदेशस्तरीय कबड्डीको उपाधि नवलपुरलाई
बुधबार, ११ असार २०८२, ०३ : ४५
सारांश
- गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको उपाधि नवलपुर जिल्लाले जितेको छ। फाइनलमा कास्कीलाई पराजित गर्दै नवलपुरले उपाधि हात पारेको हो।
- प्रतियोगितामा म्याग्दी र गोरखा तेस्रो भए। नवलपुरले ७० हजार, कास्कीले ५० हजार र तेस्रो हुने टोलीले २५/२५ हजार नगद पुरस्कार पाए।
- प्रतियोगितामा तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता रहेको थियो।
तनहुँ । गण्डकी प्रदेश कबड्डी सङ्घले आयोजना गरेको प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको उपाधि नवलपुर जिल्लाले जितेको छ । व्यास नगरपालिका–१ फुटसल मैदानमा मंगलबार सम्पन्न फाइनलमा कास्कीलाई पराजित गर्दै नवलपुरले उपाधि जितेको हो ।
प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समिति तनहुँको व्यवस्थापनमा भएको प्रतियोगितामा म्याग्दी र गोरखा तेस्रो भएको छ । प्रथम हुने नवलपुरले रु ७० हजार, दोस्रो हुने कास्कीले नगद रु ५० हजार र तेस्रो हुने म्याग्दी र गोरखाले रु २५/२५ हजार नगद पुरस्कार प्राप्त गरेको गण्डकी प्रदेश कबड्डी सङ्घका महासचिव राजेन्द्र क्षेत्रीले जानकारी दिए ।
सोमबारदेखि सुरु प्रतियोगिताअन्तर्गत मंगलबार १० खेल आयोजना गरिएको थियो । प्रतियोगितामा तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण