इरानले युद्धविराममा भूमिका खेलेकोमा कतारलाई दियो धन्यवाद
बुधबार, ११ असार २०८२, ०४ : ५१
सारांश
- इरानका स्थायी प्रतिनिधिले कतारलाई इरान-इजरायल युद्धविराममा कूटनीतिक भूमिका खेलेकोमा धन्यवाद दिए।
- उनले इजरायली आक्रमण अन्त्य गर्न र क्षेत्रीय तनाव कम गर्न कतारको प्रयासको प्रशंसा गरे।
- यो भनाइ इरानले खाडी क्षेत्रको अमेरिकी हवाई अड्डामा आक्रमण गरेपछिको हो।
काठमडौँ । संयुक्त राष्ट्रसंघका लागि इरानका स्थायी प्रतिनिधि अमिर–सईद इरावनीले इरान–इजरायल युद्धविराममा कतारले खेलेको कूटनीतिक भूमिकाको लागि धन्यवाद दिएका छन्।
मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा बोल्दै उनले भने, “इजरायली आक्रमण अन्त्य गर्न, युद्धविराम स्थापना गर्न र क्षेत्रीय तनावलाई नियन्त्रणमा राख्न कतारले देखाएको इमान्दार प्रयासप्रति हामी आभारी छौँ।”
यो अभिव्यक्ति इरानले खाडी क्षेत्रको अमेरिकी हवाई अड्डामा आक्रमण गरेको भोलिपल्ट आएको हो।
सीएनएनका अनुसार, कतारी प्रधानमन्त्री कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल–थानीले इरानसँग वार्ता गरेर युद्धविराममा सहमति जुटाएका थिए, जसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा युद्धविरामको घोषणा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण