बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बायर्नलाई हराउँदै बेनफिका क्लब विश्वकपको अन्तिम १६ मा

बुधबार, ११ असार २०८२, ०६ : १९
बुधबार, ११ असार २०८२

सारांश

  • बेनफिकाले बायर्न म्युनिखलाई १-० ले हराएर क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गर्यो। खेल नर्थ क्यारोलिनाको बैंक अफ अमेरिका स्टेडियममा भएको थियो।
  • खेलको १३औं मिनेटमा आन्द्रेयास श्जेल्डेरुपको गोल निर्णायक बन्यो। उच्च तापक्रमका कारण दुवै टोलीले पूर्ण प्रदर्शन दिन सकेनन्।
  • बेनफिका समूह 'सी' को विजेता बन्दै अन्तिम १६ मा पुग्यो र चेल्सीसँग प्रतिस्पर्धा गर्ने सम्भावना छ। बायर्न म्युनिख समूहमा दोस्रो भयो।

नर्थ क्यारोलिना । संयुक्त राज्य अमेरिकाको चर्को गर्मीबिच भएको खेलमा पोर्चुगलको बेनफिकाले जर्मनीको बायर्न म्युनिखलाई १-० ले पराजित गर्दै क्लब विश्वकपको अन्तिम १६ मा समूह ‘सी’ विजेताको रूपमा प्रवेश गरेको छ।

खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे चार्लोट, नर्थ क्यारोलिनाको बैंक अफ अमेरिका स्टेडियममा सुरु भएको थियो, जहाँ तापक्रम ३६ डिग्री सेल्सियस थियो। यस्तो गर्मीमा दुवै टोलीले आफ्नो उच्च स्तरको प्रदर्शन देखाउन सकेनन्।

खेलको १३औं मिनेटमा आन्द्रेयास श्जेल्डेरुपले फ्रेडरिक आउर्सनेसको उत्कृष्ट पासमा १५ यार्डबाट गरेको लो फिनिसमार्फत एक मात्र गोल गरे र बेनफिकालाई जित दिलाए।

यो जितसँगै बेनफिका अब समूह ‘डी’ को उपविजेतासँग अन्तिम १६ मा भिड्नेछ, जुन चेल्सी हुने निश्चितजस्तै देखिन्छ । 

बायर्न म्युनिख यसअघि नै अन्तिम १६ मा पुगिसकेको थियो। प्रशिक्षक भिन्सेन्ट कोम्पनीले शुक्रबार अर्जेन्टिनाको बोका जुनियर्समाथि २-१ को जित हासिल गर्ने टोलीमा सात परिवर्तन गरेका थिए।

तर, खेलमा फर्कन प्रयासस्वरूप दोस्रो हाफ सुरु हुनु अघि कोम्पनीले इंग्ल्यान्डका कप्तान ह्यारी केन, पूर्व क्रिस्टल प्यालेस विंगर माइकल ओलिसे र जर्मन मिडफिल्डर जोशुआ किमिखलाई एकैचोटि मैदानमा उतारे, 

दोस्रो हाफमा बायर्नले दबदबा बनाएको थियो। तर, बराबरी गोल हुन सकेन र बायर्न समूह 'सी' को दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप