आर्थिक समस्याले सात पटकको च्याम्पियन लियोन लिग २ मा घटुवा
बुधबार, ११ असार २०८२, ०६ : ३८
सारांश
- आर्थिक समस्याका कारण फ्रेन्च फुटबल क्लब लियोनलाई लिग २ मा घटुवा गरियो।
- क्लबका मालिक जोन टेक्स्टरले वित्तीय सुधार गर्न नसकेपछि डीएनजीसीले घटुवाको निर्णय लियो।
- लियोनले डीएनजीसीको निर्णयलाई अस्वीकार गर्दै अपिल गर्ने बताएको छ।
लियोन । फ्रान्सेली फुटबल क्लब लियोनलाई कमजोर आर्थिक अवस्थाका कारण लिग २ मा घटुवा गरिएको छ। क्लबको वित्तीय स्थितिको निगरानी गर्ने निकाय डीएनजीसीले नोभेम्बरमै लियोनलाई अस्थायी रूपमा घटुवा गर्ने निर्णय गरेको थियो।
क्लबका मालिक जोन टेक्स्टरसहित लियोनका अधिकारीहरू मङ्गलबार डीएनजीसीसँग भेट गरेका थिए । तर क्लबले आफ्नो वित्तीय अवस्था पर्याप्त सुधार गरेको विश्वास दिलाउन असफल भएका कारण डीएनजीसीले अन्तिम निर्णयस्वरूप घटुवा निर्णय कायम राखेको हो।
गत अक्टोबरमा टेक्स्टरको ईगल फुटबल ग्रुप, जसले लियोनको ७७% स्वामित्व राख्छ, ले 422 मिलियन पाउन्ड बराबरको ऋण रहेको घोषणा गरेको थियो।
सात पटकको फ्रेन्च लिग च्याम्पियन लियोनले एक विज्ञप्ति जारी गर्दै डीएनजीसीको निर्णयलाई ‘बुझ्नै नसकिने’ भनेको छ र क्लबले सो निर्णयविरुद्ध अपिल गर्ने बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण