बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ६ जना बिचौलिया पक्राउ

बुधबार, ११ असार २०८२, १० : ४४
बुधबार, ११ असार २०८२

सारांश

  • गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ६ जना बिचौलिया पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा विभिन्न जिल्लाका व्यक्तिहरू छन्, जसले सेवाग्राहीहरूलाई छिटो काम गरिदिने प्रलोभन देखाउँथे।
  • प्रहरीले उनीहरूलाई अभद्र व्यवहारको आरोपमा अनुसन्धान गरिरहेको छ, र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ।

काठमाडौँ । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । मोटरसाइकल सम्बन्धी कामको सिलसिलामा आउने सेवाग्राहीहरूसँग उनीहरूले ‘छिटो काम गरिदिन्छौँ’ भनेर हैरानी दिने गरेको आरोप छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ घर भएका २९ वर्षीय विकाश तामाङ, मकवानपुर घर भएका २५ वर्षीय सुशील अधिकारी, सर्लाही घर भएका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरका १९ वर्षीय छिरिङ ल्हो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखा घर भएका २४ वर्षीय राजीव खत्री छन् ।   

आरोपीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप