सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालिदिने भन्दै ठगी गर्ने पक्राउ
बुधबार, ११ असार २०८२, १२ : १३
सारांश
- सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकाल्दिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ बस्ने सोम कौशिक क्षेत्री रहेका छन्, जसले पीडितबाट ४ लाख ९१ हजार रूपैयाँ ठगी गरेका थिए।
- प्रहरीले उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोगमा नागार्जुन नगरपालिका-७ रामकोटबाट पक्राउ गरेको हो र थप अनुसन्धान जारी छ।
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिने भन्दै ठगी गरेको अभियोगमा क जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्री पक्राउ परेको नेपाल प्रहरीको केन्द्री समाचार कक्षले बुधबार जानकारी गराएको छ ।
सोमबार नै पक्राउ परेका उनले सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालिदिने भन्दै पीडितलाई ईसेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रूपैयाँ जम्मा गर्न लगाएका थिए ।
त्यसपछि ठगी गरी फरार भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-७ रामकोटबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण