विधेयक अगाडि बढाउन ढिलो गर्ने, छेडखानी गर्ने काम नगरियोस् : प्रचण्ड
सारांश
- पूर्व प्रधानमन्त्री प्रचण्डले संसदमा पेश भएका महत्त्वपूर्ण विधेयकलाई छिटो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
- प्रचण्डले विषयगत समितिबाट पारित विधेयकहरू संसदमा पुग्दा चलखेल हुने गरेको भन्दै असन्तुष्टि जनाए, उनले महत्त्वपूर्ण विधेयकहरू असार १५ गतेभित्र पारित गर्नुपर्ने बताए।
- प्रचण्डले समयसापेक्ष ऐन, नियम र कानुन परिवर्तन नहुँदा समस्या आएको र राजतन्त्र र गणतन्त्र पक्षधरबीचको बहसले कानुन संशोधनमा समस्या देखिएको बताए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा पेस भएका महत्त्वपूर्ण विधेयक छिटो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले विषयगत समितिमा गम्भीर छलफल भएर पारित भएका विधेयक समेत संसदको पूर्ण बैठकसम्म पुग्दा चलखेल हुने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
‘समितिमा अध्ययन गरेर सर्वसम्मत वा मतदानबाट पारित भएका विधेयक संसद्को पूर्ण बैठकमा पुग्दासम्म धेरै चलखेल हुने गरेको छ । केही संवेदनशील र असाध्यै महत्त्वपूर्ण विधेयकहरू असार १५ गतेभित्र पारित गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘विधेयकलाई अगाडि बढाउन ढिलो गर्ने, छेडखानी गर्ने काम नगरियोस् । यहाँबाट पारित भएका विधेयक समयै सदनमा प्रस्तुत होस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यसमा समितिका सभापतिले पनि चाँडै अगाडि बढाउन तदारुकता देखाइयोस् ।’
प्रचण्डले नेपालमा समायनकूल ऐन, नियम कानुन परिवर्तन नभएर पनि समस्या आएको बताए । राजतन्त्र र गणतन्त्र पक्षधरबिच बहस भएकाले कानुन संशोधनमा समस्या देखिएको उनले धारणा राखे ।
‘एकथरीलाई पहिलेकै ऐन, नियम, कानुन, संस्कृति ठिक थियो भन्ने खालका धारणा आएका छन् । अर्को प्रवृक्ति समय अनुसार ऐन, नियम, कानुन, संस्कृति बदलिनुपर्छ भन्ने खालको धारणा छ । त्यसकारण यी दुई प्रवृत्तिबिच बहस भइरहेको छ । हामीले अब गणतन्त्रलाई सुदृढ गर्ने हिसाबले विधेयक बनाउनुपर्छ । सोही अनुसार ऐन र कानुन बन्नुपर्छ’, प्रचण्डले भने ।
राजनीतिक सिस्टम र सिस्टम सञ्चालनको नेतृत्वको सोच, शैली र प्रभाव सबैतिर प्रभाव पर्ने हुँदा यी सबैलाई ध्यान दिएर विधेयक आउनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण