सन् १९८४ पछि पहिलोपटक अन्तरिक्षमा भारतीय
सारांश
- भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला र अन्य तीन जना अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ प्रस्थान गरेका छन्, जसलाई एक्सियम-४ मिसनमा प्रक्षेपण गरिएको थियो।
- यो मिसन प्राविधिक त्रुटि र अन्य समस्याका कारण पहिले स्थगित भएको थियो, र यसमा पोल्याण्ड, हंगेरी र अमेरिकाका अन्तरिक्ष यात्रीहरू पनि सहभागी छन्।
- शुक्लाले भारतको मानव अन्तरिक्ष कार्यक्रमको सुरुवात भएको र सबै देशवासीहरूलाई यस यात्राको हिस्सा बन्न आग्रह गर्दै, आफू प्रति सेकेन्ड साढे सात किलोमिटरको गतिमा पृथ्वीको परिक्रमा गरिरहेको बताए।
नयाँ दिल्ली । भारतका शुभांशु शुक्ला र अन्य तीन अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) तर्फ प्रस्थान गरेका छन् । उनीहरूलाई एक्सियम-४ मिसनमा नेपाली समय अनुसार बुधबार दिउँसो १२:१५ बजे प्रक्षेपण गरिएको थियो।
प्राविधिक त्रुटि र अन्य समस्याका कारण यो मिसन पहिले धेरै पटक स्थगित गरिएको थियो। एक्सियम-४ मिसन एक व्यावसायिक अन्तरिक्ष उडान हो। ह्युस्टनमा आधारित कम्पनी एक्सियम स्पेसले यो मिसन सञ्चालन गरिरहेको छ।
नासाका अनुसार, ‘शुभान्शु शुक्लासँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन जानेहरूमा पोल्याण्डका स्लाभोज अजनान्स्की विस्निव्स्की, हंगेरीका टिबोर क्यापु र अमेरिकाकी पेगी ह्विटसन समावेश छन्।’ अन्तरिक्ष यात्रीहरू त्यहाँ दुई हप्ता बस्नेछन्।
यसअघि सन् १९८४ मा रुसी मिसन अन्तर्गत अन्तरिक्षमा जाने पहिलो भारतीय राकेश शर्मा थिए। उडान भरेपछि शुक्लाले भने, ‘म चाहन्छु कि तपाईंहरू सबै मेरो यात्राको हिस्सा बन्नुहोस्। आउनुहोस्, हामी सबै मिलेर भारतको मानव अन्तरिक्ष कार्यक्रमलाई अगाडि बढाऔँ।’
शुक्लाले ४० वर्षपछि भारत फेरि अन्तरिक्षमा पुगेको र यो एउटा अद्भुत यात्रा भएको बताएका छन् । ‘अहिले हामी प्रति सेकेन्ड साढे सात किलोमिटरको गतिमा पृथ्वीको परिक्रमा गरिरहेका छौँ। मेरो काँधमा मेरो तिरंगा छ, जसले मलाई बताउँदै छ म तपाईंहरू सबैको साथमा छु,’ उनले भने ।
उनले भने, ‘यो मेरो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको यात्राको सुरुवात होइन। यो भारतको मानव अन्तरिक्ष कार्यक्रमको सुरुवात हो। म चाहन्छु कि तपाईं सबै देशवासीहरू यस यात्राको हिस्सा बन्नुहोस्।’
उनले थपे, ‘तपाईंको छाती पनि गर्वले भरिएको हुनुपर्छ। तपाईंले पनि त्यस्तै उत्साह देखाउनुपर्छ। हामी सबै मिलेर भारतको यो मानव अन्तरिक्ष कार्यक्रम सुरु गरौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण