यी हुन् लुम्बिनी लायन्सले रिटेन गरेका ६ खेलाडी
६ खेलाडी रिलिज
बुधबार, ११ असार २०८२, १५ : ५७
काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि ६ खेलाडीहरूलाई रिटेन (टिममा पुन आबद्ध) गर्ने निर्णय गरेको छ ।
लुम्बिनी लायन्सले यी खेलाडीहरूसँग मिलेर आगामी सिजनमा थप बलियो बनाउन बुधबार रिटेन गर्ने निर्णय गरेको जनाएको छ ।
लुम्बिनी लायन्सले मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलक राज भण्डारी र अभिषेक गौतमलाई टिममा राखेको छ ।
यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, विकास अग्रि र आरिफ खानलाई रिलिज गरिएको छ । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले पुराना केही खेलाडी र नयाँ खेलाडीलाई एक साथमा लिएर आगामी सिजन उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण