‘विदेश पठाइदिन्छु’ भन्दै ठगी आरोपमा दुई जना पक्राउ
बुधबार, ११ असार २०८२, १८ : ५२
काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ घर भएर काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने नबिना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ घर भएर कागेश्वरी मनोहरा बस्ने लछुमन साह तेली छन् ।
३१ वर्षीया घिमिरेले युके पठाउँछु भनेर पीडितहरुबाट ५२ लाख रुपैया ठगेको उजुरी परेको छ । उनिबिरुद्ध बैदेशिक रोजगार न्यायाधिकरण र काठमाडौं जिल्ला अदालतबाट समेत पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
अर्का आरोपी लछुमन शाह तेलीले ३ जना पीडितबाट ६ लाख रुपैयाँ असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।आरोपीहरुलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण