शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

लागूऔषधसहित ३ जना भारतीय नागरिक पक्राउ

बुधबार, ११ असार २०८२, १९ : २५
बुधबार, ११ असार २०८२

मकवानपुर  । मकवानपुरको रातोमाटेबाट लागूऔषधसहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । हेटौंडा–१५ स्थित रातोमाटे प्रहरी चौकीबाट प्रहरीले लागूऔषध कोरेक्स र स्पास्मोप्रोक्सिभन सहित ३ जना भारतिय नागरिकलाई पक्राउ गरेको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको रातोमाटे चेकप्वाइन्टमा नियमित सवारी चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान करिब ६ बजेको समयमा भारतको मोतीहारीबाट काठमाडौँतर्फ आउँदै गरेको बिएल ०१ एडब्लु १४०४ नम्बरको कार जाँच गर्ने क्रममा लागूऔषध बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक श्यामु अर्यालका अनुसार चेकजाँचका क्रममा कारको सिटमुनी र पछाडिको डिकीमा फल्स बटम बनाई लुकाइएको अवस्थामा २५ हजार ४५५ क्याप्सुल स्पास्मो प्रोक्सिभन र १२० बोतल कोरेक्स बरामद गरिएको थियो ।

पक्राउ पर्नेमा भारत बिहार राज्य मोतीहारी जिल्ला पंचमिडियाका २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय सञ्जित कुमार यादव र ३५ वर्षीय सिकिन्दर महतो रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर सवारीसाधन र लागूऔषधसहित जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक अर्यालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप