उद्योग व्यवसाय सबलीकरणका लागि मुख्यमन्त्रीकाे संयोजकत्वमा समिति गठन
वीरगञ्ज । मधेस प्रदेशमा मुख्यमन्त्री सतीशकुमार सिंहको संयोजकत्वमा उद्योग तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित समस्या समाधान, कानुनी सुधार र समन्वयका लागि बुधबार उच्चस्तरीय समिति गठन गरिएको छ ।
समितिमा मधेशका अर्थमन्त्री सुनिलकुमार यादव, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव मदन भुजेल र नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन प्रसाद साह, सम्बन्धित मन्त्रालयका सचिवलगायत सरकारी पदाधिकारीहरू सदस्य छन् ।
निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, महासङ्घका उपाध्यक्ष जितेन्द्र महासेट, होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हिरालाल गौतम, सीएनआई मधेस प्रदेश अध्यक्ष प्रमोद शाह र वस्तुगत सङ्घका प्रतिनिधि सुधिर अग्रवाल सदस्यका रूपमा रहेका छन्।
समितिको सदस्य–सचिवको भूमिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवले तोकेको मन्त्रालयका अधिकृत स्तरको कर्मचारी रहने व्यवस्था गरिएको छ।
सरकारले यस समितिबाट उद्योग तथा व्यापार क्षेत्रको दीर्घकालीन सुधारका लागि व्यावहारिक कार्य योजना र सिफारिसहरू आउने अपेक्षा राखेको छ। निजी क्षेत्रसँगको साझेदारीलाई संस्थागत गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण