अमेरिका
इरान साहसपूर्वक लड्यो: ट्रम्प
बिहीबार, १२ असार २०८२, ०२ : ३२
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धमा साहसपूर्वक लडेको बताए।
- ट्रम्पले इरानले देश पुनर्निर्माणका लागि तेल बेच्न सक्ने बताए।
- उनले इरानको परमाणु हतियार नष्ट भइसकेको दाबी गरे।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पछिल्लो युद्धमा साहसपूर्वक लडेको बताएका छन्। बुधबार नेदरल्याण्ड्समा सम्पन्न नेटोको बैठकका क्रममा पत्रकारहरूको इरानमाथि प्रतिबन्ध हटाउने विषयकाे प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएको बीबीसीले जनाएको हो ।
ट्रम्पले भने, ‘उनीहरूले (इरान) भर्खरै युद्धको सामना गरे, र उनीहरू साहसपूर्वक लडे।’ उनले इरानले अब देश पुनर्निर्माणका लागि तेल बेच्न सक्ने पनि बताए।
उनले इरानको परमाणु हतियार नष्ट भइसकेको दाबी गर्दै भने, ‘मैले भनेको थिएँ, इरानसँग परमाणु हतियार हुन सक्दैन। अब ती नष्ट भइसकेका छन्, हामीले नष्ट गरिसकेका छौँ।’ – यसअघि नेदरल्याण्ड्स हुनुपर्नेमा भुलबस अन्यथा भएकाेले सच्चयाइएकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण