पर्साबाट ३१९ किलो चरेससहित ट्रकका चालक पक्राउ
बिहीबार, १२ असार २०८२, १३ : ०३
सारांश
- पर्सा प्रहरीले परवानीपुरबाट ३१९ किलो चरेस बरामद गरेको छ।
- प्रहरीले सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको ट्रकबाट चरेस बरामद गरेको जनाएको छ।
- प्रहरीले ट्रक चालक र नगद सहित चालकलाई पक्राउ गरेको छ र पत्रकार सम्मेलनको तयारी गरेको छ।
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ । पर्साको परवानीपुरबाट गएराति करिब ३१९ किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले बताए ।
परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट चरेस बरामद गरिएको उनले बताए ।
बरामद चरेस भारततर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ निवासी बुद्धिबहादुर स्याङ्तानलाई समेत पक्राउ गरेको छ ।
उनको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी भनाइ छ । अहिले २ बजे प्रहरीले पत्रकार सम्मेलन गरेर बरामद चरेस र स्याङतानलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण