शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

२३ लाख ठगी मुद्दाका फरार दुई जना पक्राउ

क्रिप्टो कारोबारमा पनि संलग्न
बिहीबार, १२ असार २०८२, २१ : ५८
बिहीबार, १२ असार २०८२

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक र टेलिग्राम ग्रुपको दुरुपयोग गरेर २३ लाख रुपैयाँ ठगेको आरोपमा फरार दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–५ घर भएर काठमाडौँको कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका–१ बस्ने १९ वर्षीय क्रिस पोखरेल छन् । 

समिर तामाङ नामको आइडीबाट फर्निचरमा लगानी गर्दा फाइदा हुने प्रलोभन देखाएर तथा अनलाइन जब लगाइदिने बहानामा उनीहरूले ठगेर फरार भएका हुन् ।

असार ११ मा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरू क्रिप्टो कारोबारमा पनि संलग्न देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

आरोपीहरूले १ करोड ३१ लाख ६२ हजार रुपैयाँको क्रिप्टो कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको एसपी बोहराले जानकारी दिए । 

उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको अनुमति लिएर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप