कलाकार दीपकराज गिरीले गरे समीक्षा र एलिनाको प्रशंसा
सारांश
- दीपकराज गिरीले एलिना चौहान र समीक्षा अधिकारीको 'एक्सपोज' अभियानको प्रशंसा गरे।
- गिरीले अधिकारीको गायन र साहसको प्रशंसा गर्दै उनले कठिन परिस्थितिमा पनि हार नमानेको बताए।
- उनले सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेहरूलाई उदाङ्गो पार्ने अभियानको प्रशंसा गरे।
काठमाडौँ । हास्य कलाकार दीपकराज गिरीले गायिका एलिना चौहान र समीक्षा अधिकारी लगायतले सामाजिक सञ्जालमा दुर्व्यवहारविरुद्ध सुरु गरेको ‘एक्सपोज’ अभियानको प्रशंसा गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले चौहान र अधिकारीले सुरु गरेको अभियानको प्रशंसा गरेका हुन् ।
कलाकार गिरीले गायिका अधिकारीको कलाको मात्रै नभई साहसको समेत प्रशंसा गरेका छन् । उनले भनेका छन्- ‘यी दुइटै गायिका मलाइ मन पर्ने गायिका हुन् ! त्योमध्ये पनि समीक्षाको त म गायकीको मात्रै होइन सुरुदेखि उनको साहसको पनि प्रशंसक हुँ ! सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्यो त्यो ठाउँमा जो कोही भए पनि टिक्न सक्दैनथ्यो होला तर उनले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन् । त्यसकै फलस्वरूप आज यहाँ आइपुगिन् ।’
उनीहरूले यस्तो जटिल परिस्थितिमा सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरूलाई उदाङ्गो पार्ने अभियान चलाएको भन्दै भनेका छन् : ‘यस्तो जटिल परिस्थितिमा, आफूमाथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरूलाई तिमीहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ ! दुवै जनालाई शुभकामना ! जय नेपाल !!’
यस्तो छ गिरीको स्टाटस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण