क्लब विश्वकप : अन्तिम १६ को समीकरण पूरा
सारांश
- क्लब विश्वकपको अन्तिम १६ को समीकरण पूरा भएको छ, जसमा विभिन्न क्लबहरूले स्थान बनाएका छन्।
- रियाल मड्रिड, म्यान्चेस्टर सिटी, अल हिलाल र युभेन्ट्स अन्तिम १६ मा पुगेका छन्।
- अन्तिम १६ मा पाल्मेरियस, बेन्फिका, इन्टर मियामी, र अन्य क्लबहरूले प्रतिस्पर्धा गर्नेछन्।
काठमाडाैँ । अमेरिकामा जारी क्लब विश्वकपको अन्तिम १६ अर्थात प्रि–क्वाटर फाइनलको समीकरण पूरा भएको छ । शुक्रबार बिहान समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो ।
शुक्रबार बिहान भएको खेलबाट रियल मड्रिड, म्यान्चेस्टर सिटी, अल हिलाल र युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाउन सफल भए ।
प्रतियोगिताबाट पोर्टाे, एथ्लेटिको मड्रिड र आरबी साल्जबर्ग जस्ता टोलीहरु समूह चरणबाटै बाहिरिए ।
समूह चरण पार गर्दै अन्तिम १६ मा पुग्नेमा स्पेनिस ला–लिगा क्लब रियल मड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), पोर्चुगिज क्लब बेन्फिका, अमेरिकन क्लब इन्टर मियामी, इटालियन क्लब युभेन्ट्स, पाल्मिरा, फाल्मेङ्गो, लुमिनेन्स एफसी र बोटाफोगो, जर्मन क्लब बायर्न म्युनिख र बोरोसिया डर्टमन्ड, मेक्सिकन क्लब सीएफ मोन्टेरी रहेका छन् ।
अन्तिम १६ मा अब पाल्मिराले बोटाफोगोको सामना गर्नेछ । त्यस्तै बेन्फिकाले चेल्सीसँग खेल्दा लियोनल मेस्सीको इन्टर मियामीले पीएसजीको सामना गर्नेछ ।
प्रतियोगितामा फाल्मेङ्गोले बायर्न म्युनिखसँग खेल्दा इन्टर मिलानले लुमिनेन्स एफसीको सामना गर्नेछ । त्यस्तै म्यान्चेस्टर सिटीले अल हिलालसँग खेल्दा रियल मड्रिडले युभेन्ट्स र जर्मन क्लब बोरोसिया डर्टमन्डले मेक्सिकोको क्लब मोन्टेरीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण