२५ दिनमा सकियो ‘द ब्ल्यू लाइट’को छायाङ्कन
शुक्रबार, १३ असार २०८२, १२ : ५४
सारांश
- साइकोलोजिकल थ्रिलर चलचित्र 'द ब्ल्यू लाइट' को छायांकन २५ दिनमा सम्पन्न भयो।
- बलिराम चौहानको निर्देशनमा बनेको यो चलचित्रमा बेनिशा हमाल, अर्पण थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
- चलचित्र सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले जानकारी दिए।
काठमाडौँ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को इन्डकल्याप भएको छ । चलचित्रको छायाङ्कन २५ दिनमा सकिएको छ । काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्र बलिराम चौहानले निर्देशन गरेका हुन् । चौहानको यो निर्देशनमा डेब्यु चलचित्र हो ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीको अभिनय छ । चलचित्रको बालकलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
रमन ग्रे निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन् । ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण