चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
सारांश
- विराटनगरबाट प्रहरीले चोरीमा संलग्न तीन भारतीय महिलालाई पक्राउ गरेको छ।
- पक्राउ परेका महिलाहरूले वृद्धवृद्धाहरूको साथबाट नगद र गरगहना चोरेका थिए।
- उनीहरूको साथबाट तीन लाख रुपैयाँ बरामद गरिएको छ, र अनुसन्धान जारी छ।
काठमाडौँ । प्रहरीले चोरीमा संलग्न तीन जना भारतीय महिलालाई विराटनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधनमा सवार असहाय र बृद्धबृद्धाहरुको साथबाट नगद तथा गरगहना चोरीमा संलग्नहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्ने महिलाहरू भारत पुर्णियाका २० देखि २५ वर्ष उमेर समूहका रहेका छन् । प्रहरीका अनुसार २४ वर्षकी प्रियङ्का धामी, २५ वर्षकी बिहोला धामी र २० वर्षकी अटकारी धामी असार १२ गते पक्राउ परेका हुन् । उनीहरूको साथबाट एक हजार दरका ३ गड्डा अर्थात् तीन लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका महिलाहरूले मोरङ कटहरी वडा नम्बर ४ का ७० वर्षका नारायण प्रसाद काफ्लेको रकम चोरी गरेको प्रहरीले जनाएको छ । सिटी सफारीमा यात्रारत काफ्लेले बोकेको झोलाबाट महिलाहरूले उक्त रकम निकालेको प्रहरीको भनाइ छ । पक्राउ परेका महिलाहरूलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण