प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान
शुक्रबार, १३ असार २०८२, १७ : ३६
सारांश
- प्रधानसेनापति अशोकराज सिग्देलले गौरवकुमार केसीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे।
- केसीलाई जङ्गी अड्डामा आयोजित कार्यक्रममा असार ९ गते बढुवा भएपछि दर्ज्यानी चिह्न दिइएको हो।
- उपरथी केसीले पूर्वी पृतनापतिको जिम्मेवारी सम्हाल्नेछन्।
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा यही असार ९ गते बढुवा भएका उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । करिब एक वर्ष नेपाली सेनाको प्रवक्ताका रुपमा काम भएका केसी केही समयअघि मात्र सरुवा भई त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारीमा थिए ।
पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतनापतिको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण