सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
वर्षा

सुदूरपश्चिमका तीन जिल्लामा वर्षा, पहिरो र आकस्मिक बहावको जोखिम

शनिबार, १४ असार २०८२, ०४ : ३२
शनिबार, १४ असार २०८२

सारांश

  • सुदूरपश्चिमका दार्चुला, डोटी र बाजुरामा पहिरो र बाढीको जोखिम बढेको छ।
  • जल तथा मौसम विज्ञान विभागका अनुसार यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ।
  • विभागले स्थानीयलाई सतर्क रहन र खोला किनारबाट टाढा रहन आग्रह गरेको छ।

काठमाडौँ।  सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी र बाजुरा जिल्लामा पहिरो र आकस्मिक बहावको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ४ बजे एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टामा दार्चुलाको गोकुलेश्वर, डोटीको पश्चिम सेती क्षेत्र र बाजुराको ओलेना तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको जनाएको हो।

विभागले ती क्षेत्रमा आगामी समयमा थप वर्षाको सम्भावना रहेको जनाउँदै साना खोलाहरूमा आकस्मिक रूपमा बहाव बढ्न सक्ने चेतावनी दिएको छ। साथै, कमजोर तथा भिरालो भू–भागमा पहिरोको जोखिमसमेत बढेको विभागले स्पष्ट पारेको छ।

स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, खोला किनार तथा भिरालो स्थानबाट टाढा रहन विभागले आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप