शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेस्टर सिटीका प्रशिक्षक रूड भान निस्टलरोय पदमुक्त

शनिबार, १४ असार २०८२, ०८ : ०९
शनिबार, १४ असार २०८२

सारांश

  • लेस्टर सिटीका म्यानेजर रूड भान निस्टलरोय क्लबबाट बिदा भएका छन्, रेलिगेसनमा परेको नौ हप्तापछि उनको बिदाइ भएको हो।
  • गत सिजन निस्टलरोयले २७ खेलमा ५ जित मात्र निकाल्दा १९ हार बेहोरेका थिए, र लिग समाप्त हुनुअघि नै रेलिगेसन निश्चित भइसकेको थियो।
  • निस्टलरोयको स्थानमा सन डाइचलाई ल्याउने सम्भावना रहेको छ, र लेस्टरले अब इंग्लिस च्याम्पियनसिप खेल्नेछ।

लण्डन । लेस्टर सिटीका म्यानेजर रूड भान निस्टलरोय अन्ततः क्लबबाट बिदा भएका छन्। प्रिमियर लिगबाट क्लब रेलिगेसनमा परेको नौ हप्ता पछि मात्र उनको बिदाइ पुष्टि भएको हो।

४८ वर्षीय डच प्रशिक्षक निस्टलरोयले गत सिजन २७ खेलमा केवल ५ जित निकाल्दा १९ हार बेहोरेका थिए। लिग समाप्त हुनु पाँच खेल बाँकी रहँदै लेस्टरको रेलिगेसन निश्चित भइसकेको थियो, तर उनले सिजनको अन्त्यसम्म क्लबको जिम्मेवारी वहन गरेका थिए।

पीएसभी आइन्धोभेनका पूर्व प्रशिक्षक निस्टलरोयलाई क्लबले अझै एक महिना थप जिम्मेवारीमा राखेको थियो। यद्यपि क्लबले अब उनीसँग आपसी सहमतिमा सम्झौता तोडिएको जनाएको छ। यो प्रक्रिया लामो तन्काइएको भन्दै लेस्टरका पूर्व स्ट्राइकर म्याट फ्रायाटले आलोचना गरेका थिए।

निस्टलरोयले क्लबलाई भविष्यको शुभकामना दिएका छन्। अब उनको स्थानमा सन डाइचलाई ल्याउने सम्भावना रहेको छ। एभर्टन र बर्नलीका पूर्व म्यानेजर डाइचसँग क्लबको सम्पर्क भएको बताइएको छ।

लेस्टरले अबको सिजन इंग्लिस च्याम्पियनसिप (दोस्रो डिभिजन) बाट सुरु गर्दैछ। नयाँ सिजनको सुरुवात अगस्ट १० मा सेफिल्ड वेड्नेसडेविरुद्धको खेलबाट हुनेछ। तबसम्मका लागि पहिलो टोलीका सहायक प्रशिक्षकहरूले प्रि-सिजन तयारी अघि बढाउने क्लबले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप