कर्णालीमा विपद् प्रतिकार्य योजना पारित, मनसुनमा २९ हजार १३२ घरपरिवार प्रभावित हुने आकलन
सारांश
- कर्णाली प्रदेश सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ पारित गरेको छ।
- मनसुनजन्य विपद्बाट २९ हजार १३२ घरपरिवारका १ लाख २७ हजार ३०८ जना प्रभावित हुने अनुमान गरिएको छ।
- विपद् प्रतिकार्यका लागि प्रदेशमा ९ वटा विषयगत क्षेत्र निर्धारण गरिएको छ, जसको नेतृत्व ६ वटा मन्त्रालयले गर्नेछन्।
सुर्खेत । कर्णाली प्रदेश सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि दुई महत्त्वपूर्ण कार्ययोजना पारित गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच मुख्यमन्त्री प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२’ र ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२’ पारित गरेको हो ।
बैठकले पारित गरिएका कार्ययोजनाहरू तत्काल कार्यान्वयनमा लैजान सरोकारवाला निकायहरूलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।
विशेषगरी, मनसुनको समयमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि प्रदेश सरकारले तयारी थालेको उनको भनाइ छ ।
कार्ययोजनामा गरिएको प्रक्षेपणअनुसार, यस वर्षको मनसुनजन्य विपद्का कारण कर्णाली प्रदेशमा २९ हजार १३२ घरपरिवारका १ लाख २७ हजार ३०८ जना प्रत्यक्ष प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको राष्ट्रिय कार्ययोजनाको आधारमा प्रदेशका लागि यो तथ्याङ्क निकालिएको हो ।
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रदेशमा ९ वटा विषयगत क्षेत्र (क्लस्टर) निर्धारण गरिएको छ, जसको नेतृत्व ६ वटा विभिन्न मन्त्रालयले गर्नेछन् ।
मुख्यमन्त्री यामलाल कँडेलले विपद्को पूर्वतयारीमा लाग्न सबै पक्षलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण