थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहोर सङ्कलन
सारांश
- अन्नपूर्ण चक्रीय पदमार्गमा सरसफाइ गरिएको छ, जुन विश्वकै जोखिमयुक्त पदमार्ग मध्ये एक हो।
- माथिल्लो मनाङदेखि थोराङ्ला भञ्ज्याङसम्मको नकुहिने फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ ।
- पर्यटकको आगमन कम भएको बेला सरसफाइ गरिएको र ६५ बोरा फोहोर संकलन गरिएको छ।
मनाङ । विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । विश्वको १० औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको परिचय बनाएको क्षेत्रमा सरसफाइ गरिएको हो ।
यस पदमार्गअन्तर्गत माथिल्लो मनाङस्थित टङ्की मनाङदेखि थोराङ्ला भञ्ज्याङ (पास) सम्मको नकुहिने फोहोर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार नकुहिने फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।
उनले भने, ‘यस पदमार्ग विश्व प्रसिद्ध भएकाले अधिकांश बाह्य पर्यटकको आगमन बढी हुन्छ । तर, नकुहिने फोहरमैला बढी हुँदा दुर्गन्धित बन्ने खतरामा रहेको छ । नकुहिने फोहोरजन्य पदार्थ लगिए पनि साथमा नै ल्याउनुपर्ने प्रावधान राखिएको छ । तर, उपयोग भएको पाइएको छैन ।’
वर्षौँसम्म नष्ट नहुने फोहरले जलवायु परिवर्तनमा समेत प्रभाव पारेको उनको भनाइ छ । सो क्षेत्रमा सरसफाइका क्रममा ६५ बोरा फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको पर्यटन व्यवस्थापन उपसमिति टङ्की मनाङले जनाएको छ ।
बेमौसममा पर्यटकको कम आगमन हुँदा सरसफाइमा सहज हुने भएकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय र पर्यटन व्यवस्थापन उपसमिति टङ्की मनाङको संयुक्त आयोजनामा सरसफाइ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण