बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेकपा (एकीकृत) समाजवादी निकट युवा सङ्घ लुम्बिनीको अध्यक्षमा थापा

शनिबार, १४ असार २०८२, २३ : ०६
शनिबार, १४ असार २०८२

सारांश

  • बुटवलमा सम्पन्न युवा सङ्घ नेपाल लुम्बिनीको प्रदेश भेलाले कृष्ण थापाको अध्यक्षतामा ४५ सदस्यीय कमिटी चयन गर्यो।
  • उपमहासचिव मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले सर्वसम्मत कमिटी चयन गरेको हो।
  • नवनिर्वाचित अध्यक्ष कृष्ण थापाले युवा सङ्घलाई लुम्बिनी प्रदेशमा राम्रो सङ्गठन बनाउने प्रतिबद्धता व्यक्त गरे।

बुटवल । नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् ।  शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा सङ्घको प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरिएको हो ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले सर्वसम्मत कमिटी चयन गरिएको छ । 

उपाध्यक्षमा सार्दुल कसौधन (रुपन्देही), अर्का उपाध्यक्षमा सुनिल बुढाथोकी (दाङ), सचिवमा धनराज डीसी (रोल्पा), उपसचिवद्धयमा साजन सापकोटा (बाँके), शान्ति पाटा मगर (दाङ) र कोषाध्यक्षमा आशिष श्रेष्ठ (पाल्पा) निर्वाचित भएका छन् । 

यसैगरी सदस्यहरूमा शिशिर खत्री (बर्दिया), पुन्थे शाही (बाँके), दुर्गा बुढाथोकी (दाङ), आनन्द भुसाल (अर्घाखाँची), गोविन्द नेपाली (अर्घाखाँची), विशाल बराल (गुल्मी), साईजन खाँण (कपिलवस्तु) लगायत रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष कृष्ण थापाले युवा सङ्घलाई लुम्बिनी प्रदेशमा व्यवस्थित रूपमा एउटा आशालाग्दो सङ्गठनका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप