कैलालीमा नक्षत्र वाटिका
सारांश
- कैलालीको गौरीगंगा नगरपालिकामा प्रदेशकै पहिलो नक्षत्र वाटिका निर्माण गरिएको छ।
- नक्षत्र वाटिका निर्माणमा २७ लाख रुपैयाँ खर्च भएको छ, जसमा विभिन्न ४० प्रजातिका बिरुवा रोपिएका छन्।
- यस वाटिकाको मुख्य उद्देश्य भनेको ज्योतिषीय महत्त्व, आयुर्वेदिक उपयोग र जैविक विविधता संरक्षण गर्नु हो।
कैलाली । कैलालीमा नक्षत्र वाटिका निर्माण गरिएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–१, चौमालामा रहेको मोहन्याल मन्दिर परिसरमा प्रदेशकै पहिलो पटक नक्षत्र वाटिका निर्माण गरिएको छ ।
मन्दिर उपभोक्ता समितिमार्फत सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईअन्तर्गत रु २७ लाख लागतमा वाटिका निर्माण गरिएको निर्माण समितिका सदस्य प्रकाश गुरुङले बताए ।
पूर्वीय दर्शनअनुसार, ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुने हुँदा १२ राशि, नौ ग्रह र २७ नक्षत्रलाई आधार मानेर वाटिकामा अमला, जामुन, समी, पिपल, वर, बेल, नीम, खयर, कुश, दुबो, गुल्लर, कटहर गरी ४० प्रजातिका बिरुवा रोपिएको सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख डबलबहादुर बोहोराले बताए ।
बोहोराका अनुसार २७ नक्षत्रअनुसार २७ वनस्पति, ज्योतिषीय महत्त्व, आयुर्वेदिक उपयोग, पर्यावरणीय लाभ, धार्मिक र सांस्कृतिक पक्ष, शैक्षिक महत्त्व, वास्तुमा धर्म, जैविक विविधता संरक्षण गर्ने उद्देश्यले नक्षत्र वाटिका निर्माण गरिएको हो । वाटिकामा नक्षत्र र राशिसँग सम्बन्धित बहुगुणी बिरुवा एकै ठाउँमा रोपिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण