अपडेट
प्रसिद्धको शतकसँगै विशाल योगफलतर्फ नेपाल
आइतबार, १५ असार २०८२, ०९ : ५०
सारांश
- जैसीको शतकको मद्दतले नेपाल इन्डोनेसियाविरुद्ध विशाल योगफलतर्फ अघि बढेको छ।
- एसीसी पुरुष यू-१६ इस्ट जोन कप २०२५ मा नेपालले २८ ओभरमा २ विकेट गुमाएर २५८ रन बनायो।
- जैसीले ११९ रन बनाउँदा, रौनकले ५१ रन र परिमर्जनले ७१ रनको योगदान दिए।
क्वाललम्पुर । प्रसिद्ध जैसीको शानदार शतकको मद्दतले नेपाल इन्डोनेसियाविरुद्ध विशाल योगफलतर्फ अघि बढेको छ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ अन्तर्गत आइतबार जारी खेलमा नेपालले २८ ओभरमा २ विकेटको क्षतिमा २ सय ५८ रन जोडेको छ ।
जैसीले मात्र ९५ बलको सामना गर्दै ११९ रन जोडेका छन् । यस क्रममा उनले १५ चौका १ छक्का प्रहार गरे ।
जैसीलाई रौनक श्रीवास्तवले ४२ बलमा ३ चौका २ छक्काको मद्दतले ५१ रन बनाउँदै राम्रो साथ दिएका छन् । यसअघि, ओपनर परिमर्जन यादवले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा ७१ रन बनाए । उनले ४ चौका र ८ छक्का हिर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण