एसियन कप छनोट: लाओससँग खेल्दै नेपाल
आइतबार, १५ असार २०८२, १० : २२
सारांश
- नेपाली महिला फुटबल टोलीले आइतबार एएफसी एसियन कप छनोटको पहिलो खेल खेल्दैछ।
- उज्वेकिस्तानमा हुने खेलमा नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गर्दैछ, खेल साँझ ६ बजे सुरु हुनेछ।
- नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा रहेको टोली जित निकाल्ने योजनामा छ।
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी एसियन कप छनोट अन्तर्गत आज (आइतबार) पहिलो खेल खेल्दै छ ।
उज्वेकिस्तानमा हुने पहिलो खेलमा नेपालले लाओसँग खेल्न लागेकाे हाे । नेपाल र लाओसबीचको खेल नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।
नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा रहेको नेपाली टोली आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।
नेपाली टोलीकी मिडफिल्डर रेनुका नगरकोटीले पनि नयाँ प्रशिक्षकले आक्रमक फुटबल खेल्न प्रेरित गरेको हुनाले नेपालको नयाँ खेल देख्न सकिने बताइन् । प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल असार १७ गते श्रीलङ्कासँग खेल्दै छ । नेपालको तेस्रो खेल असार २१ गते उज्बेकिस्तानसँग हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण