हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैन: कृषि मन्त्री अधिकारी
आइतबार, १५ असार २०८२, ११ : ५४
सारांश
- कृषि मन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देशको विकास सम्भव नहुने बताए।
- मन्त्री अधिकारीले धान बालीमा आत्मनिर्भर हुन अनुसन्धान र परिमार्जन आवश्यक रहेको जनाए।
- मन्त्रीले किसानका समस्या समाधान गर्न सरकार गम्भीर रहेको र दुई वर्षमा धानमा आत्मनिर्भर हुने बताए।
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । आज २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच विकास भइरहेको भन्दै यस्तो सोच राख्न नहुने उनले बताए । अनुसन्धान गर्दै, परिष्कृत गर्दै धान बालीलाई अघि बढाउन सके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको अधिकारीले बताए ।
मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताउँदै उनले असार र साउनमा मलको धेरै समस्या हुने हो की भन्ने चिन्ता लागेका बताए ।
मन्त्री अधिकारीले किसानको मागहरू सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए । दुई वर्षभित्रमा देश धानमा आत्मनिर्भर हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण