एकीकृत समाजवादीको बैठक १९ गते बस्ने गरी स्थगित
आइतबार, १५ असार २०८२, १४ : ३७
सारांश
- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक असार १९ गतेका लागि स्थगित भयो।
- शुक्रबार र शनिबार बसेको बैठक आइतबार दिउँसो १ बजे समापन गर्ने तयारी थियो।
- अन्य कार्यक्रमका कारण नेताहरू व्यस्त भएकाले बैठक स्थगित गरिएको हो।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक असार १९ गते बस्ने गरी स्थगित भएको छ । शुक्रवार र शनिबार बसेको सचिवालय बैठक आज आइतबार दिउँसो १ बजे बसेर समापन गर्ने तयारी थियो ।
‘आजका लागि तय भएको बैठक बस्न सकेन । अब अर्को बैठक असार १९ गते बस्छ’, सचिव सोमप्रसाद पाण्डेले भने, ‘अन्य कार्यक्रमले नेताहरू व्यस्त बनेकाले बैठक सरेको हो ।’
सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक अन्य नेताहरूले बोल्ने क्रम शनिबारै सकिएको छ । खनाल, भुसाल बोलेपछि अध्यक्षले समापन सम्बोधन गरेर बैठक सक्ने तयारी रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण