आउ ‘नित्य’तिर पाइला बढाउँ
मेरो मौनताको अनुभूतिहरूले
तिम्रो डाँडा र काँडा गुन्जन्छन् भने
मेरो द्रष्टा र साक्षीका अवलोकनहरूले
तिमीलाई आनन्दित तुल्याउँदैनन् भने
आउ एकपल्ट
सँगै बसौँ
ती डाँडापाखाको गुञ्जनलाई
आफूभित्रै
बिस्तारै–बिस्तारै महसुस गरौँ ।
तिमी पनि तरङ्गि हुनेछौ
म पनि तरङ्गित हुनेछु
मिथ्याका सशङ्किताहरू अवरोध हुन सक्छन्,
त्यही अवरोधहरू
तिम्रो र मेरोबिच तगारो हुन सक्छ,
जीवन तगारो हैन नि
जीवन सुन्दर छ,
जीवन निश्चल छ,
जीवन आनन्दित छ ।
आफ्नै रूप र नामका अनुभूतिहरूमा
जुर्मुराउँछ जीवन
सुखद भनौँ या दुःखद भनौँ
अवलोकनमा सलबलाउँछ जीवन
दृष्टिदोष– राम्रो होइन
स्वीकार भाव तिमीबाटै सिकेको हो
सबैभित्र आफैँ देख्ने
दियो तिमीले नै बालेको हो !
तिमी भन्ने गर्छौ
जीवन अनित्य छ
भन्नु र गर्नुमा किन फरकपन ?
यो फरकपन हाम्रो सिकाइ होइन
यो फरकपन हाम्रो बुझाइ होइन
सम र समतामा बग्नु नै
तिम्रो बुझाइ हो
मेरो बुझाइ हो
बुझाइलाई कार्यान्वयन गर्नुपर्छ
कार्यान्वयन नगरेसम्म त्यो बुझाइ हुँदैन
केवल सिद्धान्त हुन्छ
सिद्धान्त जीवन होइन
सिद्धान्त मृत्यु पनि होइन
सिद्धान्त एउटा गोरेटो हो
जसले गन्तव्यमा पुर्याउँछ
यसैले आउ
तिमी एक पाइला अगाडि हिँड
म एक पाइला अगाडि बढ्छु
दुवै पाइला मिलाउँदै मिलाउँदै
हामी गन्तव्यमा पुगौँ
लिनुदिनु केही छैन
पाउनु गुमाउनु केही छैन
भन्नु–भनाउनु केही छैन
सुन्नु–सुनाउनु पनि केही छैन
केवल मिथ्या परिकल्पना मात्र हो
आउ
एकपल्ट हातेमालो गरौँ
हाम्रो गन्तव्य एउटै हो
पुग्नुपर्ने त्यही हो
सँगै जाउँ
छैन केही यहाँ नित्य
सबै अनित्य
अनि तिमी अनित्य
म पनि अनित्य
मात्र तिमीभित्रको ‘तिमी’ नित्य
म भित्रको ‘म’ नित्य
भित्रको तिमी र म एउटै हो
यसैले
आउ ‘नित्य’तिर पाइला बढाउँ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण