भिजिट भिसा प्रकरणमा राष्ट्रपति जोडिए पनि कारबाही गरिनुपर्छ : ज्ञानेन्द्र शाही
सारांश
- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा छानबिनको माग गरेका छन्।
- सांसद शाहीले प्रधानमन्त्री, गृहमन्त्री र राष्ट्रपतिसमेत जोडिएकाले कारबाही हुनुपर्ने बताए।
- उनले भिजिट भिसा प्रकरणलाई साझा मुद्दा बनाउन र संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति नै जोडिए पनि कारबाही गरिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद शाहीले भिजिट भिसा प्रकरण आजको विषय मात्रै नभएको उल्लेख गर्दै जरोदेखि टुप्पोसम्म सबैको छानबिन गर्नुपर्ने बताएका हुन् ।
उनले यस मुद्दालाई कुनै दल विशेषको एजेन्डा नबनाएर सबैले साझा एजेन्डाको रूपमा अगाडि लैजानुपर्ने समेत बताए ।
'अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ । संसद्मा त एक अर्काप्रति आरोप प्रत्यारोप गरौँला तर नेपाली जनताले चाहिँ के भन्छन्?,’ उनले भने, ’आज दुबई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदीबहिनीहरूलाई बन्धक बनाइएको छ । ७५ हजारभन्दा धेरैलाई आज दुबईमा बन्धक बनाइएको छ। आज हामीले उनीहरूको चित्कार सुन्नुपर्छ कि पर्दैन? आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरू मन्त्री, प्रधानमन्त्री जो भए पनि कारबाही गर्नुपर्छ कि पर्दैन। त्यसकारण सबै एक ठाउँमा उभिएर भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाऔँ ।’
उनले सरकारले संसद्मा सङ्ख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण