६० भन्दा बढी ब्रान्डका सामानहरूमा किस्ताबन्दी सुविधा
काठमाडौँ । अब किनमेल गर्दा सिधै ठूलो रकम तिर्नुपर्ने झन्झट हट्ने भएको छ। हाम्रोबीएनपीएलले ग्राहकहरूका लागि ६० भन्दा बढी ब्रान्डका ६०० भन्दा बढी सामानहरूमा किस्ताबन्दी सुविधा उपलब्ध गराएको छ।
यो सुविधामार्फत ग्राहकहरूले आवश्यक वस्तुहरू अहिले नै किन्न सक्ने र भुक्तानीलाई सहज रूपमा महिनावारी किस्तामा तिर्न सक्ने जनाइएको छ ।
ग्राहकहरूले श्री बालाजी डायमण्ड, ओलिज स्टोर, सोनी, बिग डिजिटल, अनर, लेनोभो, पानासोनिक, सन्सुई, यासुदा, अकारिटेकजस्ता थुप्रै प्रतिष्ठित ब्रान्डहरूमा गई पसलमै बीएनपीएल सेवा लिन सक्ने हाम्रोबीएनपीएलले जनाएको छ ।
विशेषगरी फोन ऋणका लागि योग्य ग्राहकहरूले हाम्रोबीएनपीएल प्रयोग गरेर ६ महिनासम्म ब्याज नलाग्ने किस्ताबन्दी सुविधाको फाइदा उठाउन सक्नेछन्।
यो सुविधा हाल कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंकका फोन ऋण योग्य ग्राहकहरूका लागि उपलब्ध रहेको कम्पनीको भनाइ छ। नयाँ प्रविधि र डिजिटल वित्तीय समाधानलाई आत्मसात गर्दै ल्याइएको यो सेवा नेपाली उपभोक्ताको किनमेल अनुभवलाई अझ सरल, सहज र स्मार्ट बनाउने लक्ष्यसहित सुरु गरिएको हाम्रोबीएनपीएलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण