काठमाडौँमा बागमती नदीको जलसतह सतर्कता तह आसपास, सतर्कता अपनाउन आग्रह
आइतबार, १५ असार २०८२, १६ : ४६
सारांश
- बागमती नदीको जलसतह काठमाडौँको गौरीघाटमा सतर्कता तहको नजिक पुगेको छ।
- प्युठानको हंसपुरमा भारी वर्षा मापन गरिएको छ, जसले साना नदीहरूमा बहाव बढाउन सक्छ।
- जल तथा मौसम विज्ञान विभागले नदी किनारका बासिन्दा र यात्रुहरूलाई सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ । काठमाडौँस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन आग्रह गरेको हो ।
यसैगरी, प्युठान जिल्लाको हंसपुर वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षा मापन भएको छ । सो क्षेत्रका साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण