जबरजस्ती करणी गरेर ७ वर्षे बालिकाको हत्या
सारांश
- मोरङको धनपालथानमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ।
- प्रहरीले घटनामा संलग्न भएको आरोपमा बालिकाका काका पर्ने २२ वर्षीय युवकलाई पक्राउ गरेको छ।
- बालिकाको शव विद्यालय नजिक फेला परेको थियो, र उनको शरीरमा चोटपटक लागेको थियो।
विराटनगर । मोरङको धनपालथान ५ की एक ७ वर्षीय बालिकाको जबरजस्ती करणीपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कोपिला चुँडालले हत्यामा संलग्न आफन्तै रहेको खुलेको बताइन् ।
प्रहरीले ती बालिकाको काका पर्ने २२ वर्षीय युवक पक्राउ गरेको छ । उनले घटना स्पष्ट ढङ्गले स्वीकार गरेको नभए पनि दिएको बयान र घटनाको प्रकृति हेर्दा उनैले बलात्कार पछि हत्या गरेको हुनसक्ने आधार देखिएको प्रहरीको दाबी छ ।
शनिबार बिहान करिब ४ः ४५ बजे जिल्लाको धनपालथान गाउँपालिका–५ रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक ती बालिकाको शव फेला परेको थियो । उनको शरीरमा चोटपटक पनि देखिएको थियो ।
बालिका राति आमाबुबासँगै सुतेकी थिइन् । तर, बिहान करिब ३ बजेतिर अभिभावकले आफूहरूसँग छोरी नभएको थाहा पाएका थिए । त्यसपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए ।
उनलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) र हाडनाता करणी सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । ती युवक विरुद्धमा बालिकाको हजुरबुबाले जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण