थापाथलीमा संघीय निजामती सेवा विधेयक जलाउँदै आम जनता पार्टीको विरोध (भिडिओ)
आइतबार, १५ असार २०८२, २३ : २०
सारांश
- आजपाले संघीय निजामती सेवा विधेयकको विरोध गर्दै थापाथलीमा प्रदर्शन गर्यो।
- पार्टीले विधेयक 'गरिबमारा' भएको आरोप लगाउँदै कर्मचारीको अधिकार खोस्ने दाबी गरेको छ।
- विरोध कार्यक्रमको नेतृत्व उपत्यका इन्चार्ज त्रिभुवन साह र प्रवक्ता चन्द्रभूषणले गरेका थिए।
काठमाडौँ। प्रतिनिधिसभाबाट आइतबार पारित भएको संघीय निजामती सेवा विधेयकको विरोधमा आम जनता पार्टी (आजपा) ले राजधानीको थापाथलीमा उक्त विधेयकको प्रतिलिपि जलाएर साङ्केतिक प्रदर्शन गरेको छ।
उपत्यका इन्चार्ज त्रिभुवन साह, प्रवक्ता चन्द्रभूषणलगायतका नेताहरूको अगुवाइमा गरिएको विरोध कार्यक्रममार्फत सो विधेयकलाई ‘गरिबमारा’ रहेका भन्दै आपत्ति जनाएको हो।
पार्टीले यो विधेयकले सामान्य वर्गका कर्मचारीको अधिकार खोस्ने, अवसरको पहुँच सीमित गर्ने र समाजमा असमानता बढाउने दाबी गरेको छ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण