वर्षा
कञ्चनपुरका खोलामा बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
सोमबार, १६ असार २०८२, ०५ : ४५
सारांश
- जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरका केही क्षेत्रमा मध्यम वर्षा भएको जनाएको छ।
- खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको हो।
- साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुर जिल्लाका केही क्षेत्रमा पछिल्लो घण्टाहरूमा मध्यम वर्षा मापन भएको जनाउँदै साना खोलाहरूमा बहाव बढ्न सक्ने चेतावनी दिएको छ।
विभागले आज (सोमबार) बिहान ४ः३० बजे एक सूचना जारी गर्दै विगत ३ घण्टामा खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्र तथा त्यस आसपासका क्षेत्रमा मध्यम वर्षा भएको जनाएको हो।
वर्षाका कारण सो क्षेत्र भएर बहने सिहाली, दोदा ९मछेली० लगायतका साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण