अमेरिका टू नेपाल : नायिका आयुशा समाललाई १५ प्रश्न
सारांश
- आयुशा समाल 'यो मन त मेरो नेपाली हो' फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।
- उनी फिल्ममा भुटानी शरणार्थी क्याम्पभित्रको शिक्षिकाको भूमिकामा छिन्, र फिल्ममा रोशन श्रेष्ठसँग उनको जोडी छ।
- समालले नेपाली भाषा र संस्कृतिको मोहका कारण फिल्ममा अभिनय गरेको बताइन्, र भविष्यमा थप नेपाली फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेकी छन्।
काठमाडौँ । आयुशा समाल फिल्म ‘यो मन त मेरो नेपाली हो’ की अभिनेत्री हुन् । ३ वर्षको उमेरदेखि अमेरिका बस्दै आएकी उनी यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछिन् ।
भुटानी शरणार्थीको पृष्ठभूमिबाट आएकी १९ वर्षीया आयुशा नृत्य र अभिनयमा रुचि राख्छिन् । करातेमा ब्ल्याक बेल्टसमेत रहेकी उनी ‘मेरो डान्स कप’ सिजन ४ की फस्र्ट रनरअप पनि हुन् । नेपाली भाषा, संस्कृतिप्रतिको मोहका कारण ‘यो मन त मेरो नेपाली हो’ फिल्म अभिनय गरेको उनी बताउँछिन् ।
फिल्मको प्रचारप्रसारका लागि केही दिनअघि नेपाल आएकी आयुशासँग रातोपाटीले नेपाली कलाप्रतिको लगाव, फिल्म अभिनय अनुभव र भविष्यका योजनाका विषयमा राखेको यस्तो छ १५ प्रश्न ।
- अभिनय किन रोज्नुभयो ?
म सानैदेखि नृत्य गर्दै हुर्किएकी हुँ । अभिनयमा पनि रुचि थियो । ठुलो भएपछि एकदिन अभिनयमा जान्छु भन्ने थियो । जब फिल्म ‘यो मन त मेरो नेपाली हो’को अफर आयो । फिल्म नेपाली विषयवस्तुमा थियो । डेब्युका लागि यो उपयुक्त फिल्म भन्ने लाग्यो, अनि होमिए ।
- किन रोजाइमा पर्यो यो फिल्म ?
म अमेरिकामा बस्दै आएकी भए पनि नेपाली हुँ । अमेरिकामा नेपाली भाषा बोल्दै र नेपाली समुदायका मानिसबाट नेपालका विभिन्न कुरा सुन्दै हुर्किएकी हुँ । अर्को कुरा, फिल्म ‘यो मन त मेरो नेपाली हो’ले नेपाली भाषा, संस्कृतिको कुरा उठाएको छ । आफ्नो भाषा, संस्कृतिको वकालत गर्न कसलाई मन लाग्दैन र ?
_Ra4f1RRot2.jpg)
- अभिनय अनुभव कस्तो रह्यो त ?
अभिनय सोचे भन्दा धेरै गाह्रो रहेछ । मेरो नृत्यमा केही अनुभव थियो । नृत्य र अभिनय फरक हुँदोरहेछ । तर पनि म आफूलाई भाग्यमानी मान्छु, किनभने पहिलो फिल्ममै विजय बराल, बुद्धि तामाङ, विल्सन विक्रम राईजस्ता राम्रा कलाकारसँग काम गर्न पाएँ । धेरै कुो सिक्ने र जान्ने मौका मिल्यो । अभिनयको सुरु–सुरुका केही दिन नर्भस पनि थिएँ । सबै सिनियरले राम्रो गाइड गर्नुभयो । फिल्ममा टिमवर्क राम्रो भएकोले फिल्मबाट राम्रो प्रतिक्रिया पाउनेमा आशावादी छु ।
- फिल्ममा कस्तो भूमिकामा देखिँदै हुनुहुन्छ ?
फिल्ममा म भुटानी शरणार्थी क्याम्पभित्रको शिक्षिकाको भूमिकामा छु । मेरो अपोजिटमा कलाकार रोशन श्रेष्ठ हुनुहुन्छ । उहाँ अमेरिकाबाट आउनुहुन्छ । उहाँसँग मैले विवाह गर्नुपर्ने हुन्छ । त्यो समय मेरो चिन्दा हुन्छ । अब म विवाह गरेर अमेरिका गएँ भने नेपालको शरणार्थी क्याम्पमा रहनेहरूको भविष्य के हुन्छ भनेर । मेरो भूमिका सन्देशमूलक खालको छ ।
- सानैदेखि अमेरिकामा हुर्किएकोले नेपाली बोल्न त पक्कै गाह्रो भयो होला ?
सुरु–सुरुमा धेरै गाह्रो भयो । मैले धेरै प्राक्टिस पनि गरेँ । तयारीको समयमा फिल्म युनिटका सबै सदस्यले सहयोग गर्नुभयो । कोसिस गरेपछि नसकिने के छ र ? बिस्तारै बिस्तारै सहज भयो ।
- फिल्मको ट्रेलर, टिजरलगायत प्रचार सामग्री सार्वजनिक भएपछि प्रतिक्रिया कस्तो मिलिरहेको छ ?
फिल्म रिलिज हुन बाँकी भएकोले दर्शकले मेरो काम पूर्ण रूपमा हेर्न बाँकी छ । प्रचारका लागि सार्वजनिक गरिएका टिजर र ट्रेलरबाट राम्रो प्रतिक्रिया पाइरहेकी छु । अहिलेको प्रतिक्रियाले फिल्म रिलिजपछि पनि राम्रो प्रतिक्रिया आउँछ भन्ने लागेको छ ।
- नेपाली फिल्म त खेल्नुभयो, हेर्नुभएको छ कि छैन ?
पछिल्लो समय त हेरेकी छैन । पहिले सानोमा रेखा थापा, निरुता सिंह र जल शाहलगायत कलाकारका फिल्म हेर्थेँ ।
- हिरोइन बन्छु भन्ने सोच कहिलेदेखिको हो ?
सानैदेखिको सपना हो ।
- यो फिल्म रिलिजमा आउन दुई वर्ष लाग्यो, अलि चाँडो आएको भए हुन्थ्यो जस्तो लागेन ?
त्यो लागेको छ । फिल्म चाँडो आएको भए अन्य फिल्म पनि खेलिसक्थेँ कि जस्तो लागेको छ । फिल्म बनाउन धेरै गाह्रो रहेछ । फिल्म बनाउनु भनेको ठुलो चुनौतीको सामना गर्नु रहेछ । छायांकनदेखि अहिलेसम्म धेरै प्रोसेस पूरा गरेर रिलिजका लागि तयार गरेका हौँ ।
- अभिनयलाई निरन्तरता दिनुहुन्छ कि पुग्यो ?
नेपाली फिल्मको अफर मिलिरह्यो भने निरन्तरता दिने हो । नेपाली मात्र होइन, हलिउड फिल्ममा पनि अब ट्राइ गर्छु ।
- नेपाली हिरोहरू चिन्नुहुन्छ ?
मेरो फेभरेट हिरो दयाहाङ राई हो । पल शाह, अनमोल केसीलगायतलाई पनि चिन्छु । यी सबै हिरोसँग अवसर पाएँ भने अभिनय गर्छु । मैले दयाहाङ राईलाई फिल्म ‘लुट’को ‘ठमेल बजार’ गीतबाट नोटिस गरेकी हुँ । अनमोल केसी अभिनेता भुवन केसी सरको छोरा हुनुहुन्छ । पल शाहलाई म्युजिक भिडियोबाट चिनेको हो ।
_UcRsoVLFbR.jpg)
- तीन वर्षको उमेरमा अमेरिका पुग्नुभयो । नेपाल आउन मन लाग्थ्यो त ?
अमेरिकामा रहेका अग्रजहरूबाट विभिन्न कुरा सुन्दा एकपटक नेपाल जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । पहिलेदेखि नै नेपाल आउने रहर हुँदाहुँदै पनि पाएकी थिइनँ । सन् २०१९ तिर फ्यामिली भिजिटका लागि नेपाल आएकी थिएँ । त्यो समय नेपाल बस्दा गाह्रो भएर मलाई कहिले फर्किने होला जस्तो लागेको थियो । किनभने सानैदेखि अमेरिकामा हुर्केकोले एडजस्ट गर्न गाह्रो भएको थियो । नेपाल आउनेबित्तिकै झापा पुगेका थियौँ । त्यहाँ एसीविना बस्न गाह्रो भयो । तीन हप्ता बस्दा पनि नेपालको कुनै सौन्दर्यको अनुभव गर्न सकिनँ । २०२० मा आउँदा भने मज्जाले देश घुमेँ । अहिलेचाहिँ नेपाल एकदमै मनपर्छ । आई लभ नेपाल ।
- प्रेममा हुनुहुन्छ ?
अहिलेसम्म छैन ।
- विवाह नेपालमै बस्नेसँग गर्नुहुन्छ त ?
त्योचाहिँ अहिले भन्न गाह्रो छ । किनभने अहिले म करिअर निर्माणको दौरानमा छु । त्यसैले यस विषयमा केही सोचेकी छैन ।
- अब नेपाल आइरहनुहुन्छ त ?
पछिल्लो तीन वर्षदेखि नियमित आइरहेकी छु । अब पनि निरन्तर आउँछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण